Mark 9:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले आफ्ना चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानव पुत्रलाई पक्रेर मानिसहरूकै हातमा सुम्पिदिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, तर मारिएको तीन दिनपछि ऊ फेरि बिउँतनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”
Nepali Tamang 2011
तिग्दा भिसम येशूसे ह्राङला चेलागदेदा लोप्बान मुबा। थे धुइरी येशूसे थेनीगदेदा “परमेश्वरसे पुइखबा म्हिदा चुङ्सी म्हिगदेला यारी जिम्मा पिन्ना। थेनीगदेसे थेदा साइला, तसैनोन सोमरेमाकुनु थे सिबाग्याम सोला” भिसी सुङ्जी