Mark 9:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो नाउँमा यस्ता बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ अनि मलाई स्वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्वागत गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
Nepali ERV (पवित्र बाइबल)
“यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
Nepali Tamang 2011
“ङाला मिनरी चुह्रङ्बा कोलागदेदा वास्ता लबासे ङादा वास्ता लला, ओच्छे ङादा वास्ता लबासे ङादा जे आहिन, ङादा पुइखबा ङाला आबादाएनोन वास्ता लला” भिसी सुङ्जी।