Mark 9:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वास बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर समुद्रमा फ्याँकिदिनु बेस हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
“यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “जुन म्हिसे ङादा विश्वास लबा चु कोलागदे न्हङला गिकदा पाप लपुङ्ला, थेह्रङ्बा म्हिदा मी खारेरी ह्रान्दा च्योसी समुन्द्ररी भ्याङ्बा ज्यबा तला।