Mark 9:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यसै गरी तिम्रो आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई झिकेर मिल्‍काइदेओ किनभने आँखा भएर नरकमा पर्नुभन्दा त बरु कानो भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु बेस हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्‍दा त एक आँखा भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु तिम्रो निम्‍ति असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुईवटै आँखासंग नरकमा फ्याँकिइनु भन्दा उत्तम हो।
Nepali Tamang 2011
एला मीसे एदा पाप लपुङ्जी भिसम तेःसी भ्‍याङ्‍गो मी न्‍ही मुसी नर्गरी निबा भन्‍दा मी गिक तेःसी भ्‍याङ्‍सी परमेश्‍वरला य्‍हुल्‍सारी वाङ्बा एदा ज्‍यबा तला।