Matthew 1:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता हुन्छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्म चौध पुस्ता नै हुन्छ। अनि त्यस समयदेखि ख्रीष्ट जन्मिने समयसम्म फेरि चौध पुस्ता नै हुन आउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्म चौध पुस्ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्टको समयसम्म चौध पुस्ता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्टसम्म चौध पुस्ता छन्।
Nepali ERV (पवित्र बाइबल)
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।
Nepali Tamang 2011
चुह्रङ् लसी अब्राहामहेन्से दाऊदधोना च्युक ब्लि पुस्ता मुबा, थेह्रङ् लसीन दाऊदहेन्से यहूदीगदे बेबिलोनरी भोर्बा धुइधोना च्युक ब्लि पुस्ता मुबा, ओच्छे बेबिलोनरी भोर्बा धुइहेन्से थार्बा पिन्बा ख्रीष्ट न्हबा धुइधोना च्युक ब्लि पुस्ता मुबा।