Matthew 10:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर भेला गराउनुभयो अनि तिनीहरूलाई भूतहरू निकाल्‍ने र सबै किसिमका रोगी-बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।
Nepali Tamang 2011
येशूसे ह्राङला च्‍युक न्‍ही चेलागदेदा ङ्‌योइसी जम्‍मान थरीला रोगसे स्‍याप्‍सी आखम्‍बागदेदा खम्‍ना लबादेन म्‍हङगदेदा ताप्‍बा अधिकार पिन्‍जी।