Matthew 10:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कारणले तिनीहरूले तिमीहरूलाई बडा-हाकिम र राजाहरूका अगाडि उभ्‍याउनेछन्। त्‍यति बेला तिमीहरूले तिनीहरूलाई र अरू जातिका मानिसहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खड़ा गराइनेछौ र तिनीहरू र अन्‍यजातिहरूका निम्‍ति साक्षी हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
Nepali Tamang 2011
ङादा विश्‍वास लबासे लमा थेनीगदेसे एनीगदेदा अञ्‍चलाधीशदेन ग्‍लेला ङाच्‍छापट्टि भोर्ला। एनीगदे थेनीगदेदेन अर्गु य्‍हुलला म्‍हिगदेला लागिरी ङाला साक्षी दोला।