Matthew 10:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूले आफ्नै दाजुभाइहरूलाई मार्न सुम्पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्व हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्।
Nepali Tamang 2011
“ह्राङलान ज्योज्यो आलेसे ह्राङलान ज्योज्यो आलेदा साइपुङ्ला। थेह्रङ् लसीन आबासे कोलागदेदा साइपुङ्ला, ओच्छे कोलागदेसे आबा आमाला बिरोध लसी साइपुङ्ला।