Matthew 10:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले तिमीहरूलाई एउटा गाउँमा दु:ख दिए भने अर्को गाउँमा भागेर जाओ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र आउनुभन्दा अघि तिमीहरूले इस्राएलका सबै गाउँ-सहरमा काम भ्‍याइसकेका हुनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।
Nepali Tamang 2011
म्‍हिगदेसे एनीगदेदा नाम्‍सा गिकरी दुख पिन्‍जी भिसम एनीगदे अर्गु नाम्‍सारी यार्गो। च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, परमेश्‍वरसे पुइखबा म्‍हि खबा भन्‍दा ङाच्‍छा एनीगदे इस्राएलला जम्‍मान नाम्‍सारी धोआखम।