Matthew 10:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण चेलाले आफ्नो गुरुसमान भएकोमा सन्तोष मानोस्, त्यसै गरी दासले मालिकसमान हुन पाएकोमा सन्तोष मानोस्। अब घर धनीलाई नै भूतका राजा बालजिबुल भन्छन् भने उसको घरानालाई त झन् के भन्लान्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेला आफ्ना गुरुजस्तो र कमारो आफ्ना मालिकजस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, उनका परिवारकाहरूलाई झन् कति बढ़ी भन्लान्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
Nepali ERV (पवित्र बाइबल)
एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।
Nepali Tamang 2011
चेला ह्राङला गुरु ह्रङ्बा दोबादेन नोकर ह्राङला मालिक ह्रङ्बा दोबान ठीक मुला। तिग्दा भिसम थेनीगदेसे ङा दिमला मुल म्हिदाम म्हङला ग्ले बालजिबुल भिला भिसम झन ङाला म्हेमेगदेदा मी तिग भिला?