Matthew 10:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई भन्दा आफ्‍ना आमा-बुबालाई बढी माया गर्ने मानिस मेरो चेला बन्‍ने लायकको हुँदैन। त्‍यसै गरी मलाई भन्दा आफ्‍ना छोरा-छोरीलाई बढी माया गर्ने पनि मेरो चेला बन्‍ने लायकको हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन।
Nepali Tamang 2011
“जुन म्‍हिसे ङादा भन्‍दा ह्राङला आबा आमादेन कोलागदेदा माया लला, थे म्‍हि ङाला चेला दोबारी आखम।