Matthew 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्‍वरको बुद्धिलाई त्‍यसका फलले नै ठीक ठहराउँछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्‍दछन्, ‘हेर, घिचुवा, पियक्‍कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्‍ने कुरा त्‍यसका कामहरूबाटै प्रमाणित हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
Nepali Tamang 2011
परमेश्‍वरसे पुइखबा म्‍हि चा चबा थुङ्बा लसी भ्रजी। थेतबासेलमा म्‍हिगदेसे ङादा ‘च्‍यागो, ल्‍हानान चबा स्‍हेदेन ल्‍हानान निङगु कासी ङ्‌य्‍होइसी भ्रबा, तिरो दुइबादेन पापीगदेला ह्रो’ भिसी भिमुला! तर परमेश्‍वरला बुद्धिग्‍याम गे लबा म्‍हिदा थेसे लबा गेगदेग्‍यामसेन थे ठीक हिन्‍ना भिसी था याङ्ला।”