Matthew 11:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन सहरहरूमा येशूले धेरै अचम्‍मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्‍ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्‍यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्‍नुभयो—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्‍कार्न लाग्‍नुभयो, कारण तिनीहरूले पश्‍चात्ताप गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
Nepali Tamang 2011
जमाहेन्‍से जुन जुन नाम्‍सारी येशूसे ल्‍हानान उदेकला गेगदे लबा मुबा, थे नाम्‍साला म्‍हिगदेदा दाहेन्‍से ज्‍यबा तसेला आरे भिसी सुङ्बारी छ्‌याइजी, तिग्‍दा भिसम थेनीगदेसे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि आदोःनी।