Matthew 11:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्‍कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्‍मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्‍यहाँका मानिसहरूले अघि नै पश्‍चात्ताप गरेर पापलाई छोड्‍नेथिए अनि पश्‍चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्‍नेथिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्‌ग्रा लाएर र खरानी धसेर पश्‍चात्ताप गरिसक्‍नेथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, ‘ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए।
Nepali Tamang 2011
“खोराजीनदेन बेथसेदाला म्‍हिगदे, एनीगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला। तिग्‍दा भिसम एनीगदेला नाम्‍सारी लबा ह्रङ्‌बा उदेकला गेगदे टुरोसदेन सीदोन शहररी लबा हिन्‍सम ओन्‍मान थेनीगदेसे बोरा क्‍वान्‍सी मेफ्रा फोर्सी ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःसेला मुबा।