Matthew 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यतिखेर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राख्‍नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
Nepali Tamang 2011
थे धुइरी येशूसे चुह्रङ् भिसी प्रार्थना लजी, “मुदेन जम्‍बुलिङला प्रभु आबा, ह्राङदा धन्‍यवाद मुला, तिग्‍दा भिसम ह्राङसे ज्ञान बुद्धि मुबा म्‍हिगदेदेन सेबा घोबा म्‍हिगदेग्‍याम छुम्‍सी थान्‍बा ताम तिगै आसेबा म्‍हिगदेदा उन्‍सी पिन्‍जी।