Matthew 11:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्‍दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्‍दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्‍दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्‍दैन, अनि तिनीहरूले पनि चिन्‍छन्‌ जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्‍छा गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन।
Nepali ERV (पवित्र बाइबल)
“मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
Nepali Tamang 2011
“ङाला आबासे ङादा जम्‍मान स्‍हे जिम्‍मा पिन्‍बा मुला। थेतबासेलमा झा खाल हिन्‍ना भिसी आबादा बाहेक स्‍य्‍हान्‍दो खालैदान था आरे। थेह्रङ् लसीन आबा खाल भिसी झादेन झासे आबादा ङोसेना लबा म्‍हिगदेसे बाहेक स्‍य्‍हान्‍दो खालैदान आबा खाल हिन्‍ना भिसी था आरे।