Matthew 12:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस समयमा येशू विश्रामको दिन गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। भोक लागेको हुनाले उहाँका चेलाहरूले गहुँको बाला चुँडाएर खान लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस समय येशू शबाथमा अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्‍नका बाला टिप्‍दै खान लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला येशू शब्बाथमा अन्‍नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्‍नका केही बालाहरू टिपेर खान थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे।
Nepali Tamang 2011
येशूदेन थेला चेलागदे ब्‍लप्‍बा न्‍हबा धिनकुनु बु‍ग्‍याम फेप्‍बान मुबा। थे धुइरी फोख्रेन्‍बासे लमा थेला चेलागदेसे ग्‍वाला नम थुसी चबारी छ्‌याइजी।