Matthew 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ एक जना हात सुकेको मानिस थियो। अनि येशूलाई दोष लगाउने विचारले फरिसीहरूले सोधे, “विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्‍छ कि हुँदैन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?”
Nepali ERV (पवित्र बाइबल)
उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, ‘के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
Nepali Tamang 2011
थेरी या गिक खर्बा म्‍हि मुबा। फरिसीगदेसे येशूदा दोष लबाला लागिरी “तिग ब्‍लप्‍बा न्‍हबा धिनकुनु खालै म्‍हिदा खम्‍ना लबा ठीक हिन्‍ना?” भिसी ङ्‌योइजी।