Matthew 12:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो विरुद्धमा सल्‍लाह गरेको थाहा पाएर येशू त्‍यहाँबाट हिँड्‍नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो कुरा थाहा पाएर येशू त्‍यहाँबाट गइहाल्‍नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशुलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोडनुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो।
Nepali Tamang 2011
फरिसीगदेला ताम था याङ्सी येशू थेग्‍याम फेप्‍जी। जमाहेन्‍से म्‍हिला हुलएनोन येशूदेन छ्‌यामनोन खजी, ओच्‍छे येशूसे आखम्‍बा जम्‍मान म्‍हिगदेदा खम्‍ना लजी।