Matthew 12:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, मैले चुनेको मेरो प्‍यारो सेवक यिनी नै हुन्। यिनीदेखि म धेरै खुसी छु, यिनमा म आफ्‍नो आत्‍मा खन्‍याउँछु अनि यिनले नै सबै जातिका मानिसहरूलाई न्‍यायको प्रचार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्‍न छु, म मेरो आत्‍मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्‍यायको घोषणा गरिदिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्‍न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“यहाँ मेरो दास छ; मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु। अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
Nepali Tamang 2011
“ङाइ धम्‍बा ङादा तेन्‍बा म्‍हि म्राङ्सी ङा ताङ्‍बा मुला। ओच्‍छे थेदा ङाइ माया लसी ङाला आत्‍मा थेथोरी थान्‍सी पिन्‍बा मुला, थेसे ङाइ लबा निसाफला बारेरी जम्‍मान य्‍हुलला म्‍हिगदेदा पाङ्ला।