Matthew 12:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।
Nepali Tamang 2011
जमाहेन्से म्हिगदेसे म्हङसे स्याप्सी ताइ दोबादेन मी आम्राङ्बा म्हि गिकदा येशू मुबा ग्लारी भजी। येशूसे थेदा खम्ना लजी, जमाहेन्से थेसे म्राङ्खम्जी तामएनोन पाङ्खम्जी।