Matthew 12:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यस्तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो देश आफैं नाश हुन्छ। त्यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्यो भने त्यो पनि नाश हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।
Nepali Tamang 2011
तर थेनीगदेला सेमला ताम था याङ्सी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, जुन य्हुल्साला म्हिगदे ह्राङ ह्राङ न्हङरी तोबा छेबा लला थे य्हुल्सा नाश तला, ओच्छे दिम गिकलान म्हिएनोन ह्राङ ह्राङ न्हङरी आढिक्नी भिसम थे दिमएनोन फुप्ला।