Matthew 12:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्‍दैन। उसलाई बाँधेपछि मात्र घर लुट्‍न सकिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पहिले बलियो मानिसलाई नबाँधिकन, त्‍यसको घरभित्र पसेर कसले त्‍यसको धनमाल लिएर जान सक्‍छ? त्‍यस बलियो मानिसलाई बाँधेपछि मात्र त्‍यसको घर लुट्‌न सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ।
Nepali Tamang 2011
“भङ्‍बा म्‍हिला दिमरी वाङ्सी ङाच्‍छा थे म्‍हिदा आखीना खालैसे थेला धन सम्‍पत्ति य्‍हो लखम्‍ला? थे भङ्‍बा म्‍हिदा खीमाहेन्‍से जे थेसे थेला धन सम्‍पत्ति भोर्खम्‍ला।