Matthew 12:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले परमेश्‍वरको भवनमा पसेर उहाँलाई चढाएको रोटी साथीहरूसँगै मिलेर खाए। व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्‍यो रोटी खानुहुँदैनथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसरी उनले परमेश्‍वरको भवनभित्र पसेर चढ़ाइएको रोटी खाएथे? त्‍यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई, तर केवल पूजाहारीहरूलाई मात्र उचित थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी परमेश्‍वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जुन रोटी केवल पुजारीहरूले मात्र खान उचित थियो; तर अरूको लागि उचित थिएन।
Nepali ERV (पवित्र बाइबल)
दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो।
Nepali Tamang 2011
थे धुइरी दाऊदसे परमेश्‍वरला दिमरी वाङ्सी परमेश्‍वरदा फुल्‍बा गेङ भसी ह्राङला ह्रोगदेदेन छ्‌याम ढिक्‍सी चजी। थे गेङ थेनीगदेसे चबारीन आतमुबा। तिग्‍दा भिसम थे गेङ परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिसे जे चबारी तमुबा।