Matthew 12:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्‍वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्‍नो पापबाट पश्‍चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, तर हेर, योनाभन्‍दा महान्‌ कोही यहाँ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निवेदक मानिसहरू यस पुस्ताको साथमा खडा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बदलेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
Nepali Tamang 2011
च्‍यागो, परमेश्‍वरसे निसाफ लबा धुइरी निनवे शहरला म्‍हिगदे रेःसी दान्‍देला म्‍हिगदेला दोष उन्‍ना। तिग्‍दा भिसम योना अगमवक्तासे पाङ्बा परमेश्‍वरला य्‍हुल्‍सा समाचार थेःसी, थेनीगदे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबा मुबा। तर चुरी योना अगमवक्ता भन्‍दा घ्रेन म्‍हि गिक मुला। तसैनोन एनीगदेसे थेला ताम आङ्‌यान्‍नी।