Matthew 12:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्‍न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणकी महारानी न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्‍नलाई आइन्‌। तर हेर, सोलोमनभन्‍दा महान्‌ कोही यहाँ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
Nepali Tamang 2011
निसाफ लबा धुइरी ल्‍होग्‍याम खबा ग्‍लेस्‍यासे दान्‍देला म्‍हिगदेला दोष उन्‍ना, तिग्‍दा भिसम थे सोलोमन ग्‍लेला ज्ञान बुद्धिला ताम ङ्‌यान्‍बारी ल्‍हानान थारेङग्‍याम खबा मुबा। तर च्‍यागो, चुरी सोलोमन ग्‍ले भन्‍दा घ्रेन म्‍हि मुसैनोन थेला ताम आङ्‌यान्‍नी।