Matthew 12:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखी त्यसले गएर सातवटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै त्यसभित्र पसेर बसोबास गर्छन्। त्यो मानिसको पहिलेको भन्दा पछिल्लो दशा झन् नराम्रो हुन्छ। हिजो-आजका दुष्ट मानिसहरूको दशा पनि त्यस्तै हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो जान्छ र आफूभन्दा बढ़ी दुष्ट अरू सात वटा भूतात्मा आफूसँग ल्याउँछ, र भित्र पसेर तिनीहरू त्यहाँ वास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढता दुष्ट आत्मा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।’
Nepali Tamang 2011
जमाहेन्से थे म्हङ निसी ह्राङ भन्दा नइबा अर्गु गोर निस म्हङगदे भसी थे म्हि न्हङरी वाङ्सी चिमुला। थेतबासेलमा थे म्हिला गति ङाच्छाला भन्दा लिच्छाला गति झन नइबा तला। दान्देला म्हिगदेदाएनोन थेह्रङ्बान तला।”