Matthew 12:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूको झुण्‍डलाई यी कुराहरू भन्दाभन्‍दै उहाँका आमा र भाइहरू आइपुगे। उनीहरू ‘येशूसँग कुरा गर्नु छ’ भनेर बाहिरै पर्खेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब येशू मानिसहरूसित अझ बातचीत गर्दे हुनुहुन्थयो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशुसँग भेट गर्न चाहन्थे।
Nepali Tamang 2011
येशू म्‍हिगदेदेन छ्‌याम ताम लबान लबा धुइरी येशूदेन छ्‌याम ताम लबारी भिसी थेला आमादेन आलेगदे मङग्‍यार खसी चिबा मुबा।