Matthew 13:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘यी मानिसहरूको मन नै बोधो छ। तिनीहरूका कान नै बहिरा भएका छन् र तिनीहरूले आँखा चिम्लिएका छन्। नत्रता तिनीहरूले देख्ने र सुन्ने थिए र मनले बुझ्नेथिए अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन् तिनीहरूका आँखाछ तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्। आफ्ना कानले सुन्दैनन् तिनीहरूका हृदयले बुझ्दैनन् हैन भने तिनीहरू मकहाँ आउने थिए सुन्ने थिए अनि म तिमीहरूलाई निको पार्नेथिए।’यशैया 6:9-10
Nepali Tamang 2011
तिग्दा भिसम चु म्हिगदेला सेम कोङ्बा मुला, थेनीगदेला नाब्यङसे आथेःमुला, ओच्छे थेनीगदेसे मी च्युम्बा मुला। आहिन्सम थेनीगदेसे म्राङ्सेला मुबा, थेःसेला मुबा, सेमहेन्सेन घोसेला मुबा, ङापट्टि दोःसेला मुबा, ओच्छे थेनीगदेदा ङाइ खम्ना लसेला मुबा।’”