Matthew 13:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए। तर तिनीहरूले देख्न पनि पाएनन्, सुन्न पनि पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूलाई साँच्चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
Nepali Tamang 2011
च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, ल्हानान अगमवक्तादेन परमेश्वरसे म्हन्बा अन्छार भ्रबा म्हिगदेसे एनीगदेसे म्राङ्बा चु तामगदे च्याबारी म्हाइमुबा। तर थेनीगदेसे आम्राङ्नी, ओच्छे एनीगदेसे थेःबा ताम थेनीगदेसे थेःबारी म्हाइजी, तर थेःबारी आम्याङ्नी।