Matthew 13:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति मानिसहरूले परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन् अनि दुष्‍ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्‍छ। यो त बाटोमा परेको बिउजस्‍तो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।
Nepali ERV (पवित्र बाइबल)
बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
Nepali Tamang 2011
ग्‍यामरीक्‍यार परब तबा ब्‍लुला अर्थ चुनोन हिन्‍ना, जुन म्‍हिसे परमेश्‍वरला बचन ङ्‌यान्‍ना, तर थेसे घोबा भन्‍दा ङाच्‍छान शैतान खसी थेनीगदेला सेमग्‍याम थे ताम ब्‍यन्‍सी भोर्ला।