Matthew 13:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्‍छ। परमेश्‍वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
Nepali Tamang 2011
तर थेनीगदेला विश्‍वासला टा आरेबासे लमा, थे छिन्‍नङ जे चिला। ओच्‍छे परमेश्‍वरला बचनदा विश्‍वास लबासे लमा थेनीगदेदा आपत विपत खमाहेन्‍से थेनीगदेसे विश्‍वास लबा ख्‍लाला।