Matthew 13:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्‍तै हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर पनि यस संसारको चिन्‍ता गर्छन् र धन-सम्‍पत्तिको मायामा फस्‍छन्। त्‍यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
Nepali Tamang 2011
पुजु झाङ न्‍हङरी परब तबा ब्‍लुला अर्थ चा जुन म्‍हिसे परमेश्‍वरला बचन ङ्‌यान्‍ना, तर चु जम्‍बुलिङला धन्‍दा सुर्दादेन धन सम्‍पत्तिला लोभसे लमा परमेश्‍वरला बचनदा गे लआपुङ्। थेतबासेलमा थेला विश्‍वासग्‍याम तिगै आरो।