Matthew 13:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्‍तै हुन्‍छ। तिनीहरूले भने परमेश्‍वरको शिक्षा सुनेर बुझ्‍छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।”
Nepali ERV (पवित्र बाइबल)
तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
Nepali Tamang 2011
तर ज्‍यबा सरी परब तबा ब्‍लुला अर्थ चा जुन म्‍हिसे परमेश्‍वरला बचन ङ्‌यान्‍सी ह्राङला सेमरी थान्‍ना, ओच्‍छे थेला विश्‍वासग्‍याम दोब्‍बर, तेब्‍बर, चौबरधोनाला रो रोला।”