Matthew 13:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु बाली थन्‍क्‍याउने बेला नभएसम्‍म दुवैलाई सँगसँगै बढ्‍न देओ अनि बाली थन्‍क्‍याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्‍मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्‍नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”
Nepali ERV (पवित्र बाइबल)
फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘: 30-34; लूका 13:18-21)
Nepali Tamang 2011
बरु ग्‍वा खन्‍बा धुइ आततेधोना थेह्रङ्बान मुगै। ग्‍वा खन्‍बा धुइरी खन्‍बागदेदा ङाच्‍छा कोडोङ स्‍योइसी ख्राङ्बाला लागिरी ग्‍ला गिकरी थान्‍गो। तर एनीगदेसे ग्‍वा जे भसी ङाला भकारीरी थान्‍गो भिसी पाङ्ला।’”