Matthew 13:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।”
Nepali ERV (पवित्र बाइबल)
येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’
Nepali Tamang 2011
दोःसीनोन येशूसे थेनीगदेदा अर्गु उखान गिक सुङ्जी, “च्यागो, स्वर्गला य्हुल्सा चा गेङरी युबा खमीर ह्रङ्बान हिन्ना। थे खमीर म्रिङम्हेमे गिकसे फाम सोम ब्रारी युसी ज्योप्ला। ओच्छे थे ब्रा आभोतेधोना थेसे घप्सी थान्ना।”