Matthew 13:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि यसरी अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो— म तिनीहरूलाई दृष्‍टान्‍तको रूपमा कुरा गर्नेछु र संसारको सृष्‍टि भएदेखि थाहा नपाइएका कुराहरू भन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्‍नो मुख दृष्‍टान्‍तहरूमा खोल्‍नेछु, संसारको उत्‍पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु; म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।” भजनसंग्रह 78: 2
Nepali Tamang 2011
परमेश्‍वरसे अगमवक्ताग्‍याम सुङ्बा ताम चुह्रङ् लसी पूरा तजी, “ङाइ ताम लमा उखानग्‍यामसे जे लला, ओच्‍छे जम्‍बुलिङ ठुङ्माहेन्‍से दान्‍देधोना था आरेबा ताम ङाइ घोना लला।”