Matthew 13:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्‍वरको राज्‍यचाहिँ जमिनमा गाडेको बहुमूल्‍य धनजस्‍तै हुन्‍छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्‍छ अनि ऊ खुसी हुँदै गएर आफ्‍ना भएभरको सम्‍पत्ति बेची त्‍यो बारी किनिछोड्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
Nepali ERV (पवित्र बाइबल)
‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
Nepali Tamang 2011
“च्‍यागो, स्‍वर्गला य्‍हुल्‍सा वारीरी ल्‍हुसी थान्‍बा धन ह्रङ्‌बान हिन्‍ना। थे धन म्‍हि गिकसे स्‍याप्‍जी। जमाहेन्‍से थे ल्‍हानान ताङ्सी थे धन थेरीन ल्‍हुसी थान्‍सी दिमरी निजी। ओच्‍छे थेसे ह्राङदेन छ्‌याम मुबा जति जम्‍मान चुङ्सी थे वारी ग्‍लुजी।