Matthew 13:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माछाले भरिएपछि जलाहारीहरूले त्यसलाई किनारमा ल्याउँछन् र माछाहरू छुट्ट्याउँछन्। राम्रा-राम्रा माछाचाहिँ तिनीहरूले आफ्ना टोकरीमा राख्छन् र काम नलाग्ने माछाहरूचाहिँ फ्याँकिदिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए।
Nepali Tamang 2011
ओच्छे घ्याङ नाङनोन तार्ङा परब तमाहेन्से म्हिगदेसे समुन्द्रला कुनीरी भसी गे खेल्बा तार्ङागदे ताङरी थान्ना, गे आखेल्बा तार्ङागदे पाखारी भ्याङ्ला।