Matthew 13:52 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले फेरि भन्नुभयो, “अबदेखि परमेश्वरको राज्यबारे शिक्षा पाएका हरेक धर्म-गुरुचाहिँ घरको एउटा मालिकजस्तै हुन्छन्। घरका मालिकले आफ्ना ढुकुटीबाट नयाँ कुराहरू पनि निकाल्छन्, पुराना कुराहरू पनि निकाल्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।”
Nepali ERV (पवित्र बाइबल)
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
Nepali Tamang 2011
थेतबासेलमा येशूसे चेलागदेदा “च्यागो, स्वर्गला य्हुल्साला बारेरी था याङ्बा यहूदी धर्मगुरुगदे दिमला दोप्ता ह्रङ्बान हिन्ना। तिग्दा भिसम थेसे ह्राङला ढुकुटीग्याम छारदेन पुरानो धनगदे तेःला” भिसी सुङ्जी।