Matthew 13:54 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू हुर्केको ठाउँमा जानुभयो। त्‍यहाँ उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। उहाँका शिक्षा सुन्‍नेहरूले छक्‍क परेर भने, “यस्‍तो बुद्धि यिनले कहाँबाट पाएका होलान्? यस्‍ता अचम्‍म अचम्‍मका कामहरू कसरी गर्छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्‍नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्‍तो शिक्षा दिनुभयो, कि छक्‍क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्‍मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्‍त भयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे?
Nepali ERV (पवित्र बाइबल)
येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्भित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?
Nepali Tamang 2011
ओच्‍छे ह्राङला नाम्‍सारी धोखमाहेन्‍से यहूदीगदे ह्रुप तबा दिमरी फेप्‍सी थेरी मुबा म्‍हिगदेदा लोप्‍जी। येशूसे लोप्‍बा म्राङ्सी थेरी मुबा म्‍हिगदे उदेक तसी चुह्रङ् भिजी, “चु म्‍हिसे चुह्रङ्बा उदेकला गे लबा शक्तिदेन बुद्धि खानङग्‍याम याङ्जी?