Matthew 13:57 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेदा येशूदेन छ्याम बोमो खजी। तर येशूसे थेनीगदेदा “च्यागो, अगमवक्तादा ह्राङला नाम्सारीदेन ह्राङला दिमरी बाहेक अर्गु खजिबै ग्लारी निसैनोन मान लला” भिसी सुङ्जी।