Matthew 14:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्त ठाउँतिर लाग्नुभयो। तर येशू जान लाग्नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्केर पैदलै उहाँको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले युहन्नामाथि भएका घटनाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए।
Nepali Tamang 2011
बप्तिस्मा पिन्बा यूहन्नादा साइजी भिबा ताम थेःमाहेन्से येशू ह्राङ गिक जे दोँगारी क्रेःसी सुनसान ग्लारी फेप्जी। तर येशू थेग्याम सुनसान ग्लारी फेप्जी भिबा ताम थेःसी शहर शहरग्याम म्हिला हुल भ्रसीन येशू मुबा ग्लारी निजी।