Matthew 14:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्यहाँ गएर खानेकुरा किनेर खाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफै गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
Nepali Tamang 2011
ओच्छे ङ्यसे तमाहेन्से येशूला चेलागदे थे मुबा ग्लारी खसी “दाहेन्से ङ्यसे तसी जिन्जी, चु सुनसान ग्लारी तिगै आरे। थेतबासेलमा चु म्हिगदेदा पुइगो। ओच्छे थेनीगदे नाम्सा नाम्सारी निसी ह्राङ ह्राङला लागिरी चबा स्हे ग्लुसी चगै” भिसी येशूदा पाङ्जी।