Matthew 14:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए।
Nepali Tamang 2011
जमाहेन्से येशूसे म्हिगदेदा पाङरी चिपुङ्जी। ओच्छे गेङदेन तार्ङा यारी थोसी स्वर्गपट्टि स्हीबान परमेश्वरदा धन्यवाद पिन्जी। ओच्छे गेङ क्युइसी म्हिगदेदा भो लसी पिन्गो भिसी चेलागदेदा पिन्जी। जमाहेन्से चेलागदेसे भो लसी म्हिगदेदा पिन्जी।