Matthew 14:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो काम गरिसक्नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे तुरुन्तन ह्राङला चेलागदेदा दोँगारी क्रेःसी क्यामसङपट्टि ह्राङ भन्दा ङाच्छा पुइजी। थे धुइरी येशूसे चा म्हिला हुलदा पुइबान लजी।