Matthew 14:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेलासम्म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्नै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।
Nepali ERV (पवित्र बाइबल)
यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।
Nepali Tamang 2011
थे धुइरी चेलागदे क्रेःसी निबा दोँगा समुन्द्रला कुनीग्याम ल्हानान थारेङ धोसी जिन्बा मुबा। तसैनोन लाबा उल्टोग्याम खबासे लमा समुन्द्ररी छाल रेःसी थेनीगदेदा क्यामसङपट्टि निबारी गाह्रो तबा मुबा।