Matthew 14:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए।
Nepali ERV (पवित्र बाइबल)
उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।
Nepali Tamang 2011
चेलागदेसे येशू समुन्द्रथोरी भ्रसी फेप्खबान लबा म्राङ्सी “चु मी म्हङनोन हिन्ना!” भिसी थेनीगदे लोङ्सी क्रिङ्जी।