Matthew 14:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यस केटीले आफ्‍नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको थालमा राखेर दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसकी आमाले सिकाएकी हुनाले त्‍यसले भनी, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर मलाई यहीँ थालमा दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”
Nepali Tamang 2011
तर थेला आमासे थेदा बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍नाला थोबो ह्री‍गो भिसी पाङ्बासे लमा थेसे “ङादा दान्‍देन बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍नाला थोबो खार्बारी भउ” भिसी भिजी।