Matthew 15:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मानिसको मनभित्रबाटै दुष्ट विचारहरू निस्कन्छन्। यिनै दुष्ट विचारहरूले गर्दा उसले मान्छे मार्नु, व्यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्दा गर्नुजस्ता खराब कामहरू गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
Nepali ERV (पवित्र बाइबल)
किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
Nepali Tamang 2011
तिग्दा भिसम म्हिला सेमग्याम थोन्बा नइबा तामगदे चा म्हि साइबा, म्हिला म्रिङदेन छ्याम ब्रेल्सी भ्रबा, खालैदेन छ्याम ब्रेल्सी भ्रबा, य्हो लबा, लुसीला ताम पाङ्बा ओच्छे म्हिला तामगन लबा हिन्ना।